गृहपृष्ठ खबर पर्यटनमन्त्री भट्टराई गरे लुम्बिनीको दर्शन

पर्यटनमन्त्री भट्टराई गरे लुम्बिनीको दर्शन

प्रकाशित मिति:


भैरहवा : संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले शनिबार लुम्बिनीको दर्शन गरेका छन्। समग्र रुपन्देहीको पर्यटन विकास तथा निर्माणधीन आयोजनाको स्थलगत निरिक्षणमा आएका मन्त्री भट्टराईले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै निर्माणाधीन पाँच हजार मानिस अट्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र र रोयल थाइ विहार, चीन, म्यानमार लगायतका विहारहरुको अवलोकन गरेका हुन्।

दर्शनपछि लुम्बिनीको निरीक्षण गर्दै मन्त्री भट्टराईले केन्जो टाँगेले बनाएको लुम्बिनी विकास कोषको गुरुयोजनाको बाँकी काम अबको साढे २ वर्षमा पूरा हुने बताएका छन्।

‘लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम भइरहेको छ । यसलाई संसारकै आस्था र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको छ’–उनले भने।

लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुनासाथ लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका अन्य क्षेत्र बुद्ध मावली देवदह, कपिलवस्तु रामग्राम लगायतको विकासलाई समेत सँगसँगै अगाडि बढाउने उनले बताए।

मन्त्री भट्टराईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त अवधेशकुमार त्रिपाठीले लुम्बिनी गुरुयोजनाको प्रगतिबारे जानकारी गराएका थिए।

 

सम्बन्धित् समाचार