गृहपृष्ठ खबर चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु

प्रकाशित मिति:

चितवन — कार्यालय कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा शनिबार चितवनमा दुईजना सैनिकको ज्यान गएको छ ।

कालिका नगरपालिका–८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान ११ बजेतिर रुखको हाँगा काट्दा विजुलीको नांगो तारले हाँगालाई छोएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार सुवेदार राजुबाबु श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

त्यसैगरी सिपाही राजन कुमालको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा पौने १२ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार