गृहपृष्ठ खबर अर्घाखाँचीका वडाध्यक्षकी श्रीमतीलाई जागिर खुवाउन विद्यालयले गरेका काला कर्तुतहरु

अर्घाखाँचीका वडाध्यक्षकी श्रीमतीलाई जागिर खुवाउन विद्यालयले गरेका काला कर्तुतहरु

प्रकाशित मिति:
अर्घाखाँची : शितगंगा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसीको श्रीमतीलाई जागिर खुवाउन विद्यालयले गरेका काला कर्तुत बिस्तारै आएका छन् । बुद्ध आधारभुत विद्यालय देउरालीको ब्यवस्थापन समितिदेखि लिएर विद्यालयका प्रअ र निमित्त प्रअको संलग्नतामा वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन सबै मिलेर चलखेल गरेको पाइएको हो ।
वैखरी अनलाइनबाट भदौ १० गते वडा अध्यक्ष र विद्यालयका प्रअलाई फोन सम्पर्क गरी उनीहरुको प्रतिक्रियासहित समाचार लेख्दा समेत दुवैले हामीलाई नसोेधी एक पक्षीय रुपमा समाचार बनाएको झुटो आरोप लगाएका छन् । पत्रकारलाई पत्रकारिताको विषयमा आधारभुत ज्ञान समेत नभएको बताउने विद्यालय र गाउँटोलमा रिसि अञ्जान नामले चिनिएका विद्यालयका निमित्त प्रअ रिषि बिकलाई आवेदक मध्ये ३ जना अनिवार्य परीक्षामा सहभागी हुनुपर्ने अन्यथा पुनः ७ दिने सूचना निकाल्नुपर्ने शिक्षा सम्बन्धी नियम नै थाहा छैन ।
विद्यालयले गरेका कर्तुतहरु
कर्तुत नं १ –
शिक्षक नियुक्तिका लागि विज्ञापन लुकाउने जिम्मा वडाअध्यक्षलाई किन ? शिक्षक नियुक्तिका लागि विद्यालयले निकाल्ने विज्ञापन लुकाउने जिम्मा विद्यालयले वडा अध्यक्ष बिसीलाई दिएको पाइएको छ । उनी आफैलै अर्घाखाँचीको एक एफएममा १५ दिनको विज्ञापन बजेको बताए तापनि एफएमका सञ्चालकले भने वडा अध्यक्ष बिसीले ७ दिनका लागि विज्ञापन बजाउन दिएको कुरा बाझिएको छ ।
कर्तुत नः २ –
सबै आवेदकको निवेदनमा एउटै लेखाइ किन ? विद्यालयले वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन सवै आवेदकको निवेदनमा एउटै लेखाइ देखिएको छ । जसबाट प्रष्ट के थाहा हुन्छ भने वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन विद्यालय नै हात धोएर लागेको थियो ।
कर्तुत नः ३ –
फेसबुकमा बिज्ञप्ती राख्ने विद्यालयले बिज्ञापनको सुचना किन राखेन ? विद्यालयमा भए गरेका सबै गतिविधि सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएको बिद्यालयले शिक्षक नियुक्ति सम्बन्धि सूचना भने राखेन । वैखरी अनलाइनबाट यस बिरुद्ध समाचार प्रकाशन भएपछि बिद्यालयले आफूलाई बचाउनका लागि एक पछि एक झुट बोलेको खुलासा भएको छ । समाचार प्रकाशनपछि मात्र बिद्यालयले बिद्यालयको फेसबुकको पेजमा “सूचना टासेको छ भन्नका लागी”, “बिज्ञापन प्रकाशित गरेको भन्नका लागि” स्पस्टिकरण पोस्ट गरेको पाइएको छ ।
कर्तुत नं ४ –
विद्यालयले अनुमति नै नलिई भर्ना किन खोल्यो ? शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले शितगंगा १३ स्थित बुद्ध आधारभूत विद्यालयले नयाँ शिक्षक भर्ना अनुमति नै नलिएको पाइएको छ । विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको शिक्षक नियुक्त गर्नुपर्नेमा नेपाली विषयको शिक्षक भर्नाको अनुमति माग्न आएपछि आफूले अंग्रेजी विषयकै शिक्षकबाहेक अरु विषयको शिक्षक भर्ना गर्न अनुमति नदिएपछि अवैध तरिकाले भर्ना गरेको जिल्ला शिक्षा समन्वय प्रमुख मनिराम पराजुलीले बताए । “यो भर्ना प्रक्रिया पूर्ण रुपमा अवैध छ । जिल्ला शिक्षा विकास समन्वय ईकाईले मान्यता दिदैन” उनले भने ।
कर्तुत नं ५ –
उपस्थित भएकै आधारमा वडा अध्यक्षकी श्रीमतीलाई किन परीक्षामा पास गराइयो ? परीक्षामा ३ जना अनुपस्थित भएको भए तापनि वडाध्यक्षकी श्रीमती मात्र उपस्थित भइन् । प्रक्रिया अनुसार आवेदक मध्ये ३ जना अनिवार्य परीक्षामा हुनुपर्ने अन्यथा पुनः ७ दिने सूचना निकाल्नुपर्ने थियो । तर त्यहीँ दिन नै परीक्षा नदिएर उपस्थित भएकै आधारमा परीक्षा पास गरी शिक्षक नियुक्ति दिइयो ।
न पक्षको , न विपक्षको यात्रा निष्पक्षको हाम्रो खबरदारी जारी छ ।

 

सम्बन्धित् समाचार