गृहपृष्ठ खबर शितगंगा – ५ मा भारतबाट रोजगारी गुमाई फर्किएकालाई निःशुल्क माहुरीका घार प्रदान

शितगंगा – ५ मा भारतबाट रोजगारी गुमाई फर्किएकालाई निःशुल्क माहुरीका घार प्रदान

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिका–५ जुकेनमा कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्किएका २० घर परिवारलाई आधुनिक माहुरीका घार प्रदान गरिएको छ ।

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारलाई घार प्रदान गरिएको हो । २० घर परिवारलाई पाँच वटा आधुनिक घारको दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरिएको सितगंगा नगरपालिका–५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।

अति विपन्न परिवार र आम्दानीको श्रोत केही नभएकाले आधुनिक माहुरीका घार अनुदानमा उपलब्ध गराएको जनचेतना सरोकार मञ्चका कार्यक्रम प्रमुख युवराज ज्ञवालीले बताउनु भयो । विपन्न एवं साना किसानलाई माहुरी पालन व्यवसायमा आवद्ध गराइ स्वरोजगार बनाउन घार प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।

जिल्लामा भारतमा रोजगारी गरी फर्कने क्रममा भूमिकास्थान नगरपालिकाका एक जना र फर्किएर स्थानीय सरकारले बनाएको क्वरेण्टीनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी २ जनाको ज्यान गइसकेको छ । अर्घाखाँचीका ५५ सय बढी जनाले भारतमा रोजगारी गुमाएर आफ्नो घरमा फर्किएका छन् ।

 

सम्बन्धित् समाचार