कपिलवस्तु : पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको छ । साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन । कपिलबस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुंङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुंङबाट बिदा लिएर घर आएका प्रहरी जवान श्रेष्ठ र सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले अगाडीबाट ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार टिप्परले उनीहरु सवार स्कुटर सहित दुवैजनालाई करिव ५० मिटर पर सम्म लतारेको थियो ।
टिप्परको ठक्कर बाट दाहिने खुटटा चुडिएका श्रेष्ठको गुप्तांगमा समेत गम्भिर चोट लागेको र उपचारका क्रममा भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा घाईते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाचिएको र सोही मेडिकल कलेजमा उपचार भई रहेको तथा अवस्था समान्य हुदै गएको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको प्रहरीले बताएको छ ।