मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुका सभापति, शिक्षक नेता तथा युवा अधिकारकर्मी गोबिन्द पोख्रेलले आफ्नो शुभ जन्मोत्सवको अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालगृहमा एक कार्यक्रमका बिच फलफूल वितरण गर्नुभएको छ।शान्ती समाज कपिलवस्तुले सहजीकरण गरेको कार्यक्रममा बालगृहका २९ जना बालकलाई बालगृहक अध्यक्ष राजु अर्यालको रोहवरमा सो कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा कपिलवस्तु शाखाका सचिव भरतराज न्यौपाने,सह(सचिब पशुपतिमणि त्रिपाठी,जिल्ला सदस्य माधव घिमिरे,बसन्ती कुवर,ज्योती पाण्डे लगायतको उपस्तिथि रहेकोे थियो।सो कार्यक्रममा बोल्नुहुदै तौलिहवा बालगृहका अध्यक्ष राजु अर्यालले शान्ति समाज्ले मानव अधिकारको आखाले यस कोभिडको -१९ को प्रकोप मा पनि सहयोगी हात अगाडि बढाएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो।
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले विभिन्न समय समयमा यस्ता कार्यक्रम हरु सन्चालन गर्दै आइरहेको शाखा सभापति गोविन्द पोख्रेलले बताउनु भएको थियो। मानव अधिकारको सुनिस्चित गर्नका लागि यस शाखाले विभिन्न रचनात्मक कार्य सप्पन्न गर्दै जिल्लामा आफ्नो छुट्टै पहिचान बनाएको छ।