गृहपृष्ठ खबर लुम्बिनी प्रादेशिक अस्पतालमा पच्चीस सयमै पीसीआर परीक्षण हुने

लुम्बिनी प्रादेशिक अस्पतालमा पच्चीस सयमै पीसीआर परीक्षण हुने

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले २ हजार ५०० रुपैयाँ लिएर पीसीआर परीक्षण गर्ने भएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबारदेखि यो निर्णय कार्यान्वयनमा आउनेछ।

यसअघि अस्पतालले परीक्षण शुल्क ४४०० रुपैयाँ लिदै आएको थियो। अस्पतालमा अब दैनिक परीक्षण संख्या बढाएर दैनिक ५ सयसम्मको परीक्षण गरिने तयारी छ। अस्पतालमा आएका बिरामी र उच्च जोखिममा रहेकाहरुको भने निशुल्क परीक्षण हुनेछ।

 

सम्बन्धित् समाचार