गृहपृष्ठ खबर कपिलवस्तुमा एक २७ बर्षीय महिला मृत अवस्थामा फेला

कपिलवस्तुमा एक २७ बर्षीय महिला मृत अवस्थामा फेला

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक २७ बर्षीय महिला मृत अवस्थामा फेला परेकी छिन् । आइतवार बिहान ११ बजे गाउँपालिकाको वडा नं. ५ नौरगिंयामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अर्जुन यादवको कान्छी श्रीमती मृतक सिर्जना घर्ति यादव घरदेखि १ सय मिटर पछाडी ८ मिटर गहिरो खाल्टोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्डमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको जनाइएको छ ।

 

सम्बन्धित् समाचार