गृहपृष्ठ खबर बाणगंगामा कोरोना एक्टिभ केस १३ जनामा, अवस्था सामान्य बन्दै

बाणगंगामा कोरोना एक्टिभ केस १३ जनामा, अवस्था सामान्य बन्दै

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगामा कोरोना एक्टिभ केस १३ जनामा रहेको छ । समुदायमा कोरोना भैलीएपछि त्रास बढेको बाणगंगामा अहिले आएर भने अवस्था सामान्य बन्दै गएको हो ।

वडा नः ५ मा १ जना, ४ मा ५ जना र वडा नः १ मा ७ जना कोरोना संक्रमित रहेका छन ।

कोरोना नियन्त्रणका लागी ९३ जनाको स्वाब सकंलन २८ गते गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

जसमध्य ६० जना बिदेशबाट आएका नागरिकको स्वाब सकंलन गरिएको उनले बताए । संक्रमितको सम्पर्कमा आएका परिवार र समुदायका नागरिकको पनि स्वाब सकंलन भएको पौडेलले बताए ।

सम्बन्धित् समाचार