गृहपृष्ठ खबर कपिलवस्तुमा निषेधाज्ञा खुकुलो, सवारी साधनदेखि होटल समेत संचालन गर्न पाईने

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो, सवारी साधनदेखि होटल समेत संचालन गर्न पाईने

प्रकाशित मिति:

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो भएको छ । कोरोना संक्रमितको संख्या कम हुदै गएपछि प्रशासन निषेधाज्ञाको प्रकृति खुकुलो बनाएको हो । बुधबार (आज) जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको विज्ञप्ति अनुसार सामाजिक दुरी कायम गरी होटल समेत संचालन हुन पाउने भएका छन् ।

त्यस्तै शैक्षिक संस्था, सभा सम्मेलन, पार्टि प्यालेस , शैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय संचालनमा भने निषेध गरिएको छ । यातायात पुर्णरुपले खुलेको छ । व्यापारमा तोकिएको समय सिमा समेत हटाईएको छ । नेपाल सरकारले जारी गरेको मापदण्ड भने अनिवार्य रुपमा पुरा गर्नु पर्ने छ ।

यस्तै जिल्लामा कुनै पनि मेला, महोत्सव, जात्रा गर्न, जुलुस गर्न, मानिसहरु भेला हुन पाउने छैनन् भने नियमित पुजा पाठ बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधी गर्न पूर्ण रोक लगाइएको छ ।

यस्तै शैक्षिक संस्था, प्रशिक्षणकेन्द, ट्यूसन सेन्टर लगाएत जमघट हुने गतिविधी गर्न पूर्णरुपमा रोक लगाइएको छ ।

सम्बन्धित् समाचार