कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा आएको बाढीले जीप र मोटरसाइकल बगाएको छ । जीपमा विद्युत कार्यलयका चार कर्मचारी सवार रहेको कार्यलय प्रमुख जयकुमार यादवले जानकारी दिए । उनीहरु मध्ये २ पौडिएर बाहिर निस्कन सफल भएका छन् । अन्य २ कर्मचारीको भने कुनै जानकारी प्राप्त नभएको कार्यलय स्रोतले जनाएको छ ।
यस्तै भलवाडदेखि बनगाई बुटवल जाने यातायातका साधन तथा कर्मचारीहरु बाढीको कारण घण्टौसम्म रोकिनु परेको जन जनगुनासो आएको छ । आज नदी तर्ने क्रममा देवीराम पोखरेलको लु १२ प ३५०३ नम्बरको मोटरसाईकल बाढीले बगाएको हो ।
वाणगंगा ९ साविक भलवाड जिल्लाको सुगम वडा भएपनि वर्षातको समयमा दुर्गमको रुपमा रहेको छ ।