गृहपृष्ठ खबर अवरूद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालनमा

अवरूद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालनमा

प्रकाशित मिति:

चितवन : पहिरोले बुधबार दिउँसोदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक साँझदेखि एकतर्फी खुलेको छ । केही पहिरो सफा गरिएपछि साँझ ७ बजे सडक एकतर्फी खुलेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चारकिलोमा पहिरो जाँदा दिउँसो साढे ४ बजेदेखि गाडी ठप्प थिए ।

बुधबार साँझ साढे ६ बजे मुग्लिन कटेपछि पृथ्वी राजमार्गको कुरिनटार धारापानीमा पनि पहिरो गएर सडक अवरूद्ध भएको थियो । त्यहाँ पनि साँझ साढे ८ बजेबाट एकतर्फी यातायात चलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लगातार पानी परेका कारण पहिरोको उच्च जोखिममा रहेको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा सकेसम्म यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

 

सम्बन्धित् समाचार