कपिलवस्तु : वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए।
ईलाका प्रहरी कर्यलय पिपराका अनुसार खोलाले बगाएको जीप फेला परेको छ । बाढी वाणगंगा वडा नं। ७ र ९ को सीमामा पर्ने कोइली खोलामा आएको हो ।
प्रहरीका अनुसार जीपसंगै खोलामा हराईरहेका दुई जनाको अझै वेपत्ता छन् । जीप चालक माधव प्रसाद पाण्डेको भने साँझमात्र मृत अवस्थामा शव भेटिएको थियो ।