गृहपृष्ठ खबर कपिलवस्तु बाढी अपडेट- थप एक जनाको शव भेटियो , एक जना अझै वेपत्ता

कपिलवस्तु बाढी अपडेट- थप एक जनाको शव भेटियो , एक जना अझै वेपत्ता

प्रकाशित मिति:

वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा वेपत्ता भएका २ जना मध्य थप एक जनाको शव भेटिएको छ ।

झोला सहित फेला परेको उक्त शव खोला तर्न लिफ्ट मागेर गाडीमा चढेका केशव भाटको रहेको जानकारी प्राप्त भएको छ  बाणगंगा नगरपालिकाको सुठौलीमा उक्त शव भेटिएको हो  l

साथै वितरण केन्द्रका प्रमूख कृष्ण प्रसाद पौडेलको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

सवारी  चालक माधव प्रसाद पाण्डेको  हिजो नै शव फेला परेको थियो l

सम्बन्धित् समाचार