अर्घाखाँची : पहिरो कारण गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको भएको छ । लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे-सन्धिखर्क सडकको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।
सडकखण्डको विभिन्न ठाउँमा स-साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो। बुटवल देखि सन्धिखर्कका लागि र सन्धिखर्कबाट बुटवलका लागि छुटेका सबै सवारी साधनहरु नरपानि र घुम्तीको सडक खण्डमा जाममा परेका छन्। लगातार वर्षा भएपछि सडकको पहिरो हटाउन समस्या भएको प्रहरीले बताएको छ ।
सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्स, मालवाहक सवारी साधन, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेको सन्धिखर्क वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण आचार्यले हिन्दुखबरलाई बताए ।
पहिरो हटाउने प्रयास भैरहेपनि लगातार वर्षा भईरहदा सडक खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताए । पहिरो हटाउने प्रयास भैरहको पौडेलले हिन्दुखबरलाई बताए ।