प्युठानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ऐरावती गाउँपालिकाका ६, माण्डबि गाउँपालिकाका ५, सरुमारानी गाउँपालिकाका २ र प्युठान नगरपालिकाका १ जना छन् ।
योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ४१ र निको भई घर जानेको संख्या ४५९ पुगेको छ।कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले प्युठानमा ८० जना सक्रीय संक्रमित रहेको बताउनुभयो। यशअघि जिल्लामा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भैसकेको छ। अब ४१ जनाको पीसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्युठानमा थप १४ जना कोरोना संक्रमित थपिए


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकरेन्ट लागेर मरे १० पशु चौपाया
६ घण्टा अघि
अब ‘प्रांशु फेशन कलेक्शन’मा ‘बेबी जोन’ पनि
१२ घण्टा अघि