गृहपृष्ठ खबर बाढिमा परि मृत्यु भएकाप्रति नेपाली काग्रेस कपिलवस्तुद्धारा शोक ब्यक्त

बाढिमा परि मृत्यु भएकाप्रति नेपाली काग्रेस कपिलवस्तुद्धारा शोक ब्यक्त

प्रकाशित मिति:


अविरल वर्षासंगै कपिलवस्तुको कोइली नदीमा भएको दुःखद् घटनाप्रति नेपाली काग्रेस कपिलवस्तुले दुख ब्यक्त गरेको छ । घटनामा परि मृत्यु हुने तिन जना प्रति काग्रेस कपिलवस्तुले शोक बिज्ञप्ती निकाल्दै दुख ब्यक्त गरेको हो ।
नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले एक शोक बिज्ञप्ती निकाल्दै घटनाले निकै दुखित बताएको उल्लेख गरेका छन ।
कामको शिलशिलामा बुधबार कजवे तर्ने क्रममा गाडी बगाउदा विधुत वितरण केन्द्र जीतपुरका सवारी चालक माधव प्रसाद पाण्डे, केशव भाट क्षेत्रीको मृत्यु र प्राधिकरणका कार्यालय प्रमुख कृष्ण पौडेलको मृत्युको खबरले दुखित रहेको बताएका छन ।
सोही घटनामा परी घाइते हुनुहुने बाणगंगा ८ निवासी कोपिला अधिकारी, विधुत प्राधिकरणका कर्मचारी विजय पोख्रेल र पर्शुराम चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना उहााले गर्नु भएको छ । साथै सभापति आर्चायले तत्काल यस्ता घटना हुन नदिन सम्बन्धीत क्षेत्रमा आफुले पनि पहल गर्ने बताएका छन ।

सम्बन्धित् समाचार