गृहपृष्ठ खबर बुटवलको बाढीले बाख्रा, कुखुरासंगै सवारी साधन समेत बगायो

बुटवलको बाढीले बाख्रा, कुखुरासंगै सवारी साधन समेत बगायो

प्रकाशित मिति:

बुटवल : शुक्रबार राती वर्षाका कारण आएको बाढीले बुटवल–४ लक्ष्मीनगरमा बाख्रा, कुखरा र सवारी साधन बगाएको छ। वर्षासँगै जंगलतिरबाट आएको बाढीले स्थानीय भुमिकला सुवेदीको घर अगाडी रहेका ५ वटा बाख्रा बगाएको छ। सोही ठाउँका इन्द्रबहादुर कार्कीको ११ वटा कुखुरा सहितको खोर बगेको छ।

दिपक बलामीको लु १० प ९३९ नम्बरको मोटरसाइकल र लु ३१ प ८७१० नम्बरको स्कुटी समेत बगाएको छ। मोटरसाइकल केही तल फेला परेको भएपनि स्कुटीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यसै गरी बाढीले बुटवल ११ को बुद्धनगरबाट मजुवा जाने सडक पनि भत्किएको छ। मजुवा नजिक ५० मिटर सडक भत्किएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। बाढीले कटान रोक्न लगाइएको जाली र एउटा बिजुलीको पोल पनि भत्काएको छ। फेरि बाढी आएमा एउटा घर भत्किन सक्ने वडाध्यक्ष क्षेत्रीले बताए।

 

सम्बन्धित् समाचार