गृहपृष्ठ खबर शितगंगामा भीषण पहिरो आएपछि कोदाली बोकेर उद्धारमा मेयर, प्रहरी र आर्मी भन्दा अगाडी

शितगंगामा भीषण पहिरो आएपछि कोदाली बोकेर उद्धारमा मेयर, प्रहरी र आर्मी भन्दा अगाडी

प्रकाशित मिति:

अर्घाखाँची : शितगंगा नगरपालिकाको वडा नम्बर १२ मा असोज ९ गते गाँउको तीन तिरबाट पहिरो गयो । गाँउ माथिदेखि गएको पहिरोले केही घर बगायो तर अधिकांस घर भने पहिरो नआए पनि ढलेर नष्ट बने । १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगे पानी बग्ने खोल्साहरु अग्लो अबस्थामा छन भने अधिकांश बिजुलीका पोलहरु भुइमै लडेका छन् । बिजुलीका तारहरु पनि चुटिएका छन ।

सम्मै रहेका खेतहरु अहिले भिरालो बनेका छन झट्ट हेर्दा भुकम्पले तहसनहस पारे जस्तो देखिने उक्त स्थानमा ९ गते सबै ज्यान जोगाउन भागे सनिबार पानी बिदोभए सँगै आफ्ना सामान उठाउन ढलेका घर तथा नढलेका घरमा मानिसहरु आफ्नो घरमै जान डराए ।

नेपाल प्रहरी बिहानै घटना स्थलमा पुगे पनि उद्धारको लागि घरघरमा पुग्न सकेन स्थानियहरु समेत त्रसित बनेको समयमा शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी लामो बाटो पैदल पुगेर आफ्नै अगाडी लागेर उद्धारको लागी गाउँका बस्तिमा पसेपछि जम्मा भएका स्थानियहरु समते उद्धारमा खटे । मेयर अधिकारी समेत ढलेका घरमा रहेका सामाग्री उठाउन आफै अगाडी बढेर सामान बोक्दै उद्धारमा खट्नुभयो ।

आज प्रत्येक घरमा रहेका अन्नपातलाई प्राथमिकता दिँदै सबैको सहयोगमा सामाग्री सुरक्षित स्थान सम्म पुराइएको छ । पहिरोले २६ घरमा पुर्ण क्षति गरेको छ भने अधिकांश घरहरु चर्किएका छन् । अब उक्त गाँउमा बस्ति बस्ने सम्भावना नै हराएको छ । जमिन भासिदै गएको छ ।

जमिन विभिन्न ठाँउमा चिरा परेको छ । पानी परेमा पुन ः बिभिन्नस्थान बाट पहिरो जाने सम्भावना रहेको देखिन्छ । स्थानिय तहले तत्कालको लागी उनिहरुलाइ खानाको ब्यवस्था गर्ने भएको छ । अहिले आफ्न्तकोमा आश्रय लिएर बसेका उनिहरुलाई तत्काल अस्थाई बसोबासको तयारी गरिएको छ भने ५ ÷ १० दिनमै कुनै निष्चित स्थानमा बसोबासको ब्यवस्था मिलाउने तयारी छ ५ महिना भित्र पुर्ण रुूपमा स्थाइ रुपमै बशोबास गर्ने गरि ब्यवस्थापन मिलाउन बिभिन्न राजनितिक दल जनप्रतिनिधी, सांसदहरु तत्पर देखिएका छन ।

स्थानिय क्षेत्रमै रहेको खाली जग्गाहरुको प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसद , लगायतको टोलीले अनुगमन समेत गरेको छ उपयुक्त स्थान भेटिएमा उनिहरुलाई उक्त्त स्थानमा सारिनेछ अहिले बिभिन्न स्थान तथा संघ सस्थाहरु बाट राहत सामाग्रीहरु समेत आउन थालेका छन ।

 

सम्बन्धित् समाचार