गृहपृष्ठ खबर जानिराखौं यस्ता छन पुदिनाका फाइदाहरु

जानिराखौं यस्ता छन पुदिनाका फाइदाहरु

प्रकाशित मिति:

साधरण तया हामी गाउ घरमा सजिलै  पाईने पुदिनाको प्रयोग प्राय सबैले गर्छन ।  धेरैले प्रयोग गरिरहेको भएपनि यसका फाइदाबारे थाहा नुहन सक्छ । यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले हेरौं पुदिनाका केही फाइदाहरु 

१. पुदिनाको प्रयोग गरि स्वादीलो चट्नी बनाउन सहयोग हुन्छ ।

२. पुदिनाको पातको रस कालो मरिच वा बिरे नुनसँग चिया जस्तै बनाएर खानाले ज्वरोखोकीमा आराम मिल्छ ।

३. पुदिनाको पातको रस कागती र महसँग समान मात्रामा मिलाएर खानाले पेटसम्बन्धी रोगबाट राहत मिल्छ ।

४.यसले हड्डी बलियो बनाउँछ ।

५. महिनावारी भएको बेला पुदिनाको सुकेको पातको धुलो महसँग मिसाएर दिनमा दुई तीनपटक खानाले आराम मिल्छ ।

६. घाउमा पुदिनाको रस लाउँदा चाँडै निको हुन्छ भने छालाको समस्यामा यसको पातको लेप लाउँदा राहत हुन्छ ।

७. पुदिनाको सुकेको पातको धुलोले दाँत माझ्नाले मुखको दुर्गन्ध कम हुन्छ ।

८. घाँटी दुखेको भए पुदिनाको रसलाई नुन पानीमा मिलाएर कुल्ला गर्नाले आराम मिल्नुका साथै आवाज पनि खुल्छ ।

९.पुदिनामा हुने फाइबरले कोलस्ट्रोल कम गर्न मद्दत गर्छ ।

सम्बन्धित् समाचार