गृहपृष्ठ खबर पहिरोले अवरुद्ध बुटवल-तानसेन सडकखण्ड एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध बुटवल-तानसेन सडकखण्ड एकतर्फी खुल्यो

प्रकाशित मिति:

बुटवल : पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड एकतर्फी खुलेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुला कठिनाई भएको थियो। सडकमा ठूलो ढुंगालाई फोडेपछि दिउसो ३ बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रहरी कार्यालयले जनाएको छ।

सो सडकखण्डको करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो पनि हटेको छ। तर अधिकांश स्थानमा एकतर्फी मात्रै गाडी चल्नसक्ने ट्राफिक प्रहरीले जनाएको छ। यो सडकखण्ड शुक्रबार बेलुकादेखि बन्द भएको थियो।

सडकमा पहिरो खसेपछि लाम लागेका गाडी विस्तारै अघि बढ्न थालेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित् समाचार