गृहपृष्ठ खबर हेल्प फर हेप्पिनेसले ५ औं स्थापना दिवस फलफुल तथा जुस वितरण गरि मनायो

हेल्प फर हेप्पिनेसले ५ औं स्थापना दिवस फलफुल तथा जुस वितरण गरि मनायो

प्रकाशित मिति:

हेल्प फर हेप्पिनेस कपिलवस्तुले ५ औं स्थापना दिवस कपिलवस्तु सामुदायीक अस्पतालका बिरामी र राजेश आस्था फाउन्डेसनलाई फलफूल वितरण गरी मनाएको छ। सामाजिक कार्यतर्फ अग्रसर बन्दै गएको यस संस्थाले हरेक पटक पृथक र फरक किसिमको कार्यक्रम गर्दै आएको छ। स्थापना दिवसको अवसर मा देशै भरका शाखाहरुले स्थापना दिवस कार्यक्रमहरु गरी मनै रहँदा कपिलवस्तु मा पनि फलफूल वितरण कार्यक्रम गरेको सहसचिव विशाल अधिकारी ले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले अगामी दिनहरुमा पनि सामाजिक कार्यमा समर्पित भई संस्थालाई अघि बढाउन सम्पूर्ण संस्थाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका अतिथि समेत रहेका नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले संस्थालाई स्थापना दिवसको शुभकामना दिदैं यसलाई सदैव आफ्नो साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा उपस्थित सम्पुर्णले संस्था बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्मल शर्माको अध्यक्षता रहेको थियो भने मधु सुधन भुसाल , विवेक पौडेल , जनक क्षेत्री , सौजान रेग्मी , प्रतीक्षा भण्डारी, दिनेश क्षेत्री, तिलक थापा , समीर कँडेल , दिवस पौडेल , गौरव पौडेल , सरोज घिमिरे को उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव सुशान्त पोख्रेल र सहसचिव विशाल अधिकारी ले सञ्चालन गरेका थिए

 

सम्बन्धित् समाचार