गृहपृष्ठ खबर प्युठानमा पहिरोले डोजर पुर्दा चालकको घटनास्थलमै मृत्यु

प्युठानमा पहिरोले डोजर पुर्दा चालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

प्युठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी डोजर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका – १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालक अर्घाखांचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो।

सम्बन्धित् समाचार