गृहपृष्ठ खबर वैखरी अनलाइन दोस्रो वर्षमा प्रवेश

वैखरी अनलाइन दोस्रो वर्षमा प्रवेश

प्रकाशित मिति:

चार नम्बर जितपुर : प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्लाबाट सञ्चालित वैखरी अनलाइन दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७५ साल असोज १३ गतेबाट औपचारिक रुपमा सुरु भएको वैखरी अनलाइन दोस्रो वर्षमा प्रवेश गरेको हो । न पक्षको न विपक्षको यात्रा निष्पक्षको भन्ने नारलाई अंगाल्दै अगाडि बढेको वैखरी अनलाइनले नारा अनुसारको सफलता पनि प्राप्त गर्न सफल भएको छ ।

कपिलवस्तु जिल्लाबाट सुरु भएको अनलाइन प्रदेश नं ५मा लोकप्रिय तथा देश तथा विदेशबाट पढ्न सकिन्छ । वैखरी अनलाइन विभिन्न खुट्किलाहरु पार गर्दै पहिलो वर्षवाट दास्रो वर्षमा प्रवेश गर्दा विभिन्न माध्यमबाट सहयोग गर्ने तथा शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनहरुमा दृढ विश्वासका साथ पाठकहरुलाई सन्तुष्ट पार्ने अनलाइनका प्रधान सम्पादक अशोक पौडेलले बताए ।

दोस्रो बर्षमा प्रवेश गरिरहदाँँ अब सम्पूर्ण टिम समाजमा लुकेर रहेका विषयवस्तुको खोज तथा अनुसन्धानका साथ अघि बढ्नेमा आफू विश्वस्त रहेको पौडेलको भनाई छ । पौडेलले वैखरी परिवार आगामी दिनमा समाजमा ढाक छोप गर्न खोजिएका विषयलाई आम जनताका समक्ष ल्याउन सदैव लागी पर्ने बताए ।

सम्बन्धित् समाचार