गृहपृष्ठ खबर एक बर्षमा कपिलवस्तुमा मात्रै एक सय २९ जनाले गरे आत्महत्या

एक बर्षमा कपिलवस्तुमा मात्रै एक सय २९ जनाले गरे आत्महत्या

प्रकाशित मिति:

कपिलवस्तुमा एक बर्षको समयावधिमा १ सय २९ जनाले आत्महत्या गरेका छन । गत आर्थिक बर्ष २०७६÷७७ मा सो आत्महत्याका घटना भएका हुन । जिल्ला प्रहरी कार्यालय अनुसार ८८ जा झुन्डीएर, ४० जना बिष सेवन र एक जना हामफोलर आत्महत्या गरेका हुन । एक जनाले भने आत्महत्याको दुरुत्साहन गरेका थिए ।

यस्तै चालु आर्थिक बर्षको साउन र भदौ महिनामा गरी २५ जनाले आत्महत्या गरेका छन । जसमा २२ जना झुन्डीएर र ३ जना बिषसेवन गरी आत्महत्या गरेका थिए । एक जना आत्महत्याको दुरुत्साहन कोरोना भाईरसका कारण गत चैत ११ गते देखि जारी लकडाउन यता आत्महत्याका घटना बढेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

सम्बन्धित् समाचार