गृहपृष्ठ खबर राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने

राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने

प्रकाशित मिति:

काठमाडौं- राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते याे  कार्यक्रम तय गरिएकाे थियाे।

परिवार कल्याण महाशाखाका निर्देशक डा भीनसिन तिंकरीले  मंसिर ११ र १२ गते भिटामित ए रर जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए।

उनले भने,‘नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो। ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

महाशाखाका अनुसार देशभरका  २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाइने छ।

सम्बन्धित् समाचार