गृहपृष्ठ खबर कपिलवस्तु हुदै भारत पुगेका एक जना पौने तिन केजी चरेससहित पक्राउ

कपिलवस्तु हुदै भारत पुगेका एक जना पौने तिन केजी चरेससहित पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा विगत केही दिनदेखि लागू औषधका तस्करहरुको सक्रियता बढेको छ । तस्करहरुको यो रबैया सुरक्षाकर्मीको लागी टाउको दुखाई विषय बनेको छ। नेपालबाट भारततर्फ जादै गरेकामा प्रतिबन्धित चरेस, अफिम लगायतका लागू औषधका तस्करहरु दैनिक रुपमा पक्राउ परेका केसहरु बढ्दै गएकै बेला सिमामा रहेका सशस्त्र प्रहरीलाई छल्दै भारत पुगेका एक नेपाली पौने तीन केजि चरेससहित पक्राउ परेका छन ।

नेपाल-भारत सिमामा प्रत्येक ५ सय मिटरको दुरिमा सशस्त्र प्रहरी बलको अस्थायी पोष्टहरु रहेका छन । सशस्त्रको सुरक्षा घेरालाई चुनौती दिई प्रवेश गरेका विजयनगर गाउंपालिका ४ ज्योतिनगरका टिकाराम गिरि भारतीय सुरक्षाकर्मीहरुले समातेको स्थानिय संचारमाध्यममा खबर छ ।

भारतिय सुरक्षा निकायद्वारा अनुमानित ४ लाख भारु मूल्य तोकिएको २ केजि ८५० ग्राम चरेस अवैधरुपले भारत लगेका गिरिमाथि भारतीय प्रहरीले मु.अ.सं. २६४/२०२० दफा ८/२२/२३ एनडीपीएस एक्ट अन्तर्गतको मुद्दा चलाइएको प्रहरी निरिक्षक तहसिलदार सिंहले लिखित प्रेस नोट जारी गरेका छन ।

बिहान ५ बजेको समयमा कृष्णनगर नगरपालिका वडा ३ को लक्ष्मिनगर हुँदै पारी भारतको कल्लनडिहवा गाउं पुगेका गिरिलाई भारतिय प्रहरीले पक्राउ गरि ढेबरुआ थाना लगेको थियो।

 

सम्बन्धित् समाचार