गृहपृष्ठ खबर मोबाईल चार्जमा लगाई फिल्म हेर्दा करेन्ट लागेर एक पुरुषको मृत्यु

मोबाईल चार्जमा लगाई फिल्म हेर्दा करेन्ट लागेर एक पुरुषको मृत्यु

प्रकाशित मिति:

प्युठान : करेन्ट लागेर रोल्पाका एक पुरुषको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं १ घोडागाउँका ४० वर्षिय भरत नेपालीको मृत्यु भएको हो । मोबाईलमा चार्ज लगाएर चलचित्र हेर्ने क्रममा करेन्ट लागेका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रि प्युठानमा ल्याईएको थियो ।

अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिग्री प्युठानका बुद्धि रानाले बताए । मृतक नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा पोष्टमार्टम गरिदै छ।

सम्बन्धित् समाचार