गृहपृष्ठ खबर बाणगंगाका मेयर थारु कोरोना संक्रमितको अवस्था बुझ्न घर-घरमा

बाणगंगाका मेयर थारु कोरोना संक्रमितको अवस्था बुझ्न घर-घरमा

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु कोरोना संक्रमितहरुको घर घरमा पुगेका छन । उनी संक्रमितलाई स्वास्थ्य बद्धर्क औषधि लिएर मनोबल बढाउन उनीहरुको घर घरमा पुगेका हुन ।

होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख थारु आज वडा न ४, ८ का सक्रमितको घर घरमा पुगेका हुन ।

कोरोना संक्रमितहरुको मनोबल बढाउन प्रमुख थारुले संक्रमितहरु बसेको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने योजनाका साथ घर घर गएको वडा नः ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले बताए ।

सम्बन्धित् समाचार