गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा मात्रै एकैदिन थपिए १६३८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै एकैदिन थपिए १६३८ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा।जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या हो।

यी सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ। आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।

 

सम्बन्धित् समाचार