गृहपृष्ठ खबर राजधानी सार्ने प्रस्तावमा विरोध प्रदर्शन, ४ वटा सरकारी गाडी समेत तोडफोड

राजधानी सार्ने प्रस्तावमा विरोध प्रदर्शन, ४ वटा सरकारी गाडी समेत तोडफोड

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन्।

प्रदेश ५ सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालयअन्तरगतका ३ वटा र एउटा प्रदेश सभाको समितिका सभापति चढ्ने गाडीमा तोडफोड भएको हो।

रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्।

सम्बन्धित् समाचार