गृहपृष्ठ खबर प्रदेशको राजधानी तिलौराकोट नै हुनुपर्छ : अत्तहर कमाल

प्रदेशको राजधानी तिलौराकोट नै हुनुपर्छ : अत्तहर कमाल

प्रकाशित मिति:

चार नम्बर जीतपुर : नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुस्लमानले प्रदेश ५ को राजधानी कपिलवस्तुको तिलौराकोट हुनुपर्ने बताएका छन् । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव कुनै पनि हिसाबले उपयुक्त नभएको उनको भनाई छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेकोले कपिलवस्तु मात्रै प्रदेश ५ को राजधानीको लागि उपयुक्त स्थान रहेको उनले बताए । पहिल्यै देखि नै कपिलबस्तु राजधानी बनाउनु पर्ने पक्षमा म थिए र अहिले पनि म त्यही कुरामा दृढ छु उनले भने ।

नेपाली कांगे्रसका केन्द्रिय सदस्य समेत रहेका कमालले दाङ भन्दा बुटवल नै सबै तवरले उपयुक्त रहेको बताए । प्रदेशले दाङको भालुवाङ राजधानी बनाउने प्रस्ताव गरेकोमा आफ्नो घोर आपत्ति रहेको समेत उनले वैखरी अनलाईनलाई बताएका छन् ।

 

सम्बन्धित् समाचार