गृहपृष्ठ खबर राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध बुटवलमा राँके जुलुस, भोलि रुपन्देही नै बन्द

राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध बुटवलमा राँके जुलुस, भोलि रुपन्देही नै बन्द

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको निर्णयको बिरोधमा नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही जिल्ला बन्दको घोषणा गरेको छ । आज बसेको नेपाली कांग्रेस रुपन्देहीको बैठकले प्रदेश सरकारको बिरोधमा मसाल जुलुस सहित जिल्ला बन्दको घोषणा गरेको हो ।

जिल्ला बन्दको पूर्वसन्ध्यामा आज साझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने निर्णय समेत कांग्रेसले गरेको छ । १९ गते राजधानी प्रस्तावसम्बन्धमा प्रदेशसभमा छलफल हुँदैछ । प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने रणनीति काँग्रेसले बनाएको छ ।

काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन समेत गर्ने भएको छ । कांग्रेस बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सबै उद्योगी व्यवसायी लगायत सबै पक्षसँग छलफल समेत अघि बढाएको छ ।

 

सम्बन्धित् समाचार