गृहपृष्ठ खबर स्थायी राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा राँके जुलुस

स्थायी राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा राँके जुलुस

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले ‘अन्तर्घाती नेकपा मुर्दावादु, ‘राजधानी रुपन्देही कायम गरु, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गरु, ‘राजधानी सार्ने औचित्य प्रस्ट पारु लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो ।

कांग्रस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

 

सम्बन्धित् समाचार