गृहपृष्ठ खबर सैनामैनामा मोटरसाइकल दुर्घटना, ३ जना गम्भिर घाइते

सैनामैनामा मोटरसाइकल दुर्घटना, ३ जना गम्भिर घाइते

प्रकाशित मिति:

 

रूपन्देही : पुर्व पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनामा आईतबार दिउँसो मोटरसाइकल दुर्घटना हुदाँ ३ जना गम्भिर घाइते भएका छन् । सैनामैनाको वडा नं। ६ कलौनिमा पुर्वबाट पश्चिम जाँदै गरेको लु ५४ प १०१५ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्व आउदै गरेको रा ३ प ७० ९५ नम्बरको मोटर साईकल ठोक्किएर दुर्घटना भएको हो ।

घाईते हुनेमा रोल्पा जिल्ला लुम्री गाउँपालिका वडा न.२ बस्ने वर्ष २५का हिमाल गिरि,सोही ठाउँ बस्ने ३४ वर्षीय नेत्र खड्का र पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा न।४ बस्ने वर्ष २९का राजकुमार वि.क. रहेका छन् । घाइते तिनै जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सालझण्डी प्रहरीले जनाएको ।

 

सम्बन्धित् समाचार