गृहपृष्ठ खबर राम आधारभुत बिद्यालयलाई सरेपानी वन र जनप्रिय फार्मेसीले दिए स्वास्थ्य सामाग्री

राम आधारभुत बिद्यालयलाई सरेपानी वन र जनप्रिय फार्मेसीले दिए स्वास्थ्य सामाग्री

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ राम आधारभुत बिद्यालयलाई सरेपानी सामुदायिक बन र जनप्रिय फार्मेसीले एक कार्यत्रमकाबिच स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका छन ।

भलवाडमा रहेको राम आधारभूत विद्यालयका लागि जनप्रिय फार्मेसी र सरेपानी सामुदायिक वनलेस्वास्थ्य सामग्री हस्तानत्रण गरेका हुन । युवा समाजसेविका रुपमा समेत परिचित रहेका महेश रानाभाटले सञ्चालन गरेको जनप्रिय फार्मेसीले समय सापेक्ष सामाजिक क्षेत्रमा सेवा गर्दै आइ रहेको थियो ।

 

हाल पडरिया स्थित सरेपानी सामुदायिक वनले पनि विद्यालयका लागि अटोमेटिक स्यानिटाईजर मेसिन प्रदान गरेको छ भने जनप्रिय फार्मेसीका संचालक रानाभाटले तीन सय थान मास्क, सेनिटाईजर, प्राथामिक उपचार बाकस प्रदान गरेका छन ।

विद्यालयमा आयोजित गरिएको सामग्री हस्तान्त्रण कार्यक्रममा सरेपानी सामुदायिक वनका अध्यक्ष गिरबहादुर गुरुङ, वनका उपाध्यक्ष विन्द्रबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी अर्याल, वैखरी अनलाइनका पत्रकार प्रेम पाण्डे, विद्यालयका प्रधानाध्यापक ओमलाल गिरी, विद्यालयका शिक्षक , व्यवस्थापन समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार