कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ९ पडेरीयामा एक ब्यतिm मृत अवस्थामा फेला परेका छन । ६८ बर्षीय छविलाल खडका आफनै घरको तल्लो तल्लामा चुन्नीको पासो लगाएर झुण्डीएको अवस्थामा फेला परेका छन ।
उनलाई उनका नातीले गत राती ११ बजे झुण्डीएको अवस्थामा देखेपछि बाणगंगा नगरपालिका कार्यपालिका सदस्य केसरा गरुङलाई खबर गरेका थिए । ंगरुङले ईलाका प्रहरी कार्यलय पिपरालाई खबर गरेपछि प्रहरी रातीनै घटना स्थलमा पुगेको हो ।
घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
लामो समयदेखि श्रीमान श्रीमति मात्र घरमा बस्दै आएका थिए छोराछोरी छुट्टीएर बाहिर बस्दै आएका छन । खडकाले सामान्य दैनिकि निर्वाह गर्नका लागी साझ बिहान दुध बेच्ने गर्थे ।