गृहपृष्ठ खबर राजधानीका बिषयमा कपिलवस्तुका नेकपा सासंदले धोका दिए ः सासंद नेपाल

राजधानीका बिषयमा कपिलवस्तुका नेकपा सासंदले धोका दिए ः सासंद नेपाल

प्रकाशित मिति:

प्रदेश सभा सदस्य रिना नेपालले कपिलवस्तुका नेकपाका सासंदले धोका दिएको आरोप लगाएकि छन ।
कपिलवस्तु स्थायी राजधानी सर्घष समितिले जिल्लाको बाणगंगा नगरपालिकाको चार नः जितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सासंद नेपालले नेकपाका प्रदेश सासंदले धोका दिएको बताइन ।

सासंदहरु खाली भएर पनि सर्घष समितिको कार्यक्रममा नआउनु निकै नै चिन्ताको बिषय भएको उनले बताइन ।

केही सासंद खालीनै भएकाले सामान्य कार्यक्रममा गएर ब्यस्त भएको भनेकाले कपिलवस्तुकै सासंदमा पनि कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने बिषयमा गम्भीर नभएको उनले आरोप लगाइन ।

कपिलवस्तु स्थायी राजधानी सर्घष समितिले आइतबार जिल्लाका प्रदेश सासंदसगं छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
त्यस्तै उनले आफुले कपिलवस्तुनै प्रदेशको राजधानी हुनुपर्छ भन्ने पक्षमा संशोधन प्रस्ताव पेश गर्ने समेत बताइन ।

सम्बन्धित् समाचार