गृहपृष्ठ खबर कपिलवस्तुमा एकैदिन थपिए २८ कोरोना संक्रमित, शिवराजमा मात्रै २२ जना

कपिलवस्तुमा एकैदिन थपिए २८ कोरोना संक्रमित, शिवराजमा मात्रै २२ जना

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तुमा आज मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको शिवराज नगरपालिकामा २२ जना, बाणगंगा नगरपालिकामा ४ जना, सुद्धोधन नगरपालिकामा १ जना र महाराजगन्ज नगरपालिकामा १ जना गरि जम्मा २८  संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

यो संगै जिल्लामा संक्रमित संख्या १३ सय ८५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आज २७ जना डिस्चार्ज भए सगैँ जिल्लामा १०० जना संक्रिय संक्रति रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । त्यस्तै कोरोना संक्रमण बाट जिल्लामा १२ जनाको मृत्यु भएको छ ।

 

सम्बन्धित् समाचार