गृहपृष्ठ खबर नदिजन्य पदार्थ चोरीदेखि बसपार्क व्यवस्थापनसम्मको निकास खोज्दै बाणगंगा

नदिजन्य पदार्थ चोरीदेखि बसपार्क व्यवस्थापनसम्मको निकास खोज्दै बाणगंगा

प्रकाशित मिति:

 

चार नम्बर जीतपुर : कोरोना महामारीका कारण प्रभावित नगरका आन्र्तरिक आयका ठेक्का पट्टाहरु र नदिजन्य पदार्थ चोरी निकासी लगायतका विषयमा छलफलका लागि वाणगंगा नगरपालिकाको सर्वदलिय बैठक एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नदिजन्य पदार्थ, बसपार्कको व्यावस्थापन, फोहोर व्यावस्थापनका लागि ल्याण्ड फिल्ड, छाडा चौपायाको समस्या, लागू औषध कारोबार सम्बन्धी समस्याका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले चोरी निकासीका कुराहरु पटक पटक आउने तर समाधान नभएको बताउनुभयो । उहाँले अपराध गर्ने कसैलाई पनि छुट नहुने दावी गर्नुभयो ।

यस्तै नगरप्रमुख मंगलप्रसाद थारुले सबै सरोकारवालाहरुले दिएको सल्लाह सुझावलाई मनन गरेर कार्यान्वन गर्ने दावी गर्नुभयो । उहाँले छिट्टै नै नगर प्रहरी परीचालन गरी चोरी निकासी कम गर्ने बताउनुभयो ।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलले नगर प्रहरी संचालन गरी विषेश सुरक्षा दिनुपर्ने धारण राख्नुभयो । सबैको जिम्मेवारी सबैले अपनत्व गर्दै अगाडी बढेमा नगरको विकास हुने बताउनुभयो ।

यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले चोर्ने चोराउने सबै आफ्नै साथीहरु भएको र कोही पनि बोल्न नचाहेको बताउनुभयो । उहाँले सबैले चाहेमा यस्ता घटनाहरु नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नदिजन्य पदार्थ, बसपार्कको व्यावस्थापन, फोहोर व्यावस्थापन, छाडा चौपायाको समस्या लगायतका विषयमा राजनीतिक दल, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, सरोकारवालाहरु बीचमा छलफल भएको थियो । नगर उपप्रमुख चक्र अर्यालको स्वागत तथा प्रशासन शाखा प्रमुख केशव राज भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार