गृहपृष्ठ खबर कपिलवस्तुमा टिप्परको ठक्करबाट ४० बर्षीय महिलाको मृत्यु

कपिलवस्तुमा टिप्परको ठक्करबाट ४० बर्षीय महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा टिप्परको ठक्करबाट ४० बर्षीय एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज ६ धर्मनगरमा भएको दुर्घटना बाट मोटरसाईकलमा सवार रोल्पा जिल्लाको सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरको मृत्युु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेको प्रदेश न.२-०३-००१ ख ०४८१ नम्बरको टिप्परले बिपरित दिशा बाट आइरहेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक खिम बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको निरिक्षक खरेलले बताउनुभयो।

 

सम्बन्धित् समाचार