गृहपृष्ठ खबर स्वर्गीय दाजुकाे नाममा भाइ अर्जुन बि क द्वारा स्मृति काेष खडा

स्वर्गीय दाजुकाे नाममा भाइ अर्जुन बि क द्वारा स्मृति काेष खडा

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ प्युठानले अाफ्नाे बिसाै स्थापना दिबस बिबिध कार्यक्रम गरि मनाएकाेछ।२०५८ सालमा स्थपना भएकाे महासंघमा हाल ११६ र नया सिफारिस सदस्य ४० गरि १५६ सदस्य हरुरहेका छन ।
नेपाल पत्रकार महासंघ प्युठानले जिल्लाकाे बिकास निर्माण र ससक्तिकरण कार्यमा अग्र स्थानमा रहेर कार्य गरेकाे नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पाेख्रेलले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएकाे छ।संथापक अध्यक्ष स्वर्गीय सुर्य बिक स्मृति पुरस्कारले संस्थाका संस्थापक तथा पुर्ब अध्यक्ष ईमानसिंह भारतिलाई सम्मान गरेकाे।त्यस्तै महिला शसक्तिकरणमा कलम चलाएकि प्रदेस उपाध्यक्ष दिपा घर्ति लाई संथाकि उपाध्यक्ष स्वर्गीय बसन्ता भट्ट काे नाममा स्थापना गरिएकाे स्मृति पुरस्कारबाट पुरस्कृत हुनु भएका छ। संथाकाे स्थापना दिबशकाे अबसर पारेर स्वर्गीय सुर्य बि क काे भाइ अर्जुन बिकले अाफ्नाे दाजुले स्थापना गरि नेतृत्व गरेकाे राज्यकाे चाैथाे अंग मानिने पत्रकार महासंघ प्युठान तथा संचार माध्यमहरुले प्युठान सहित देसभर अाबाज बिहिनकाे अाबाज बुलन्द गरेर उचित न्याय दिलाउन सफल भएकाेमा दाजु अाफु माझ नभएतापनि दाजुले दिएकाे उपदेस कदापि नबिर्सने संथाकाे संरक्षणका निम्ति खुसिकासाथ ५0,000 पचास हजार धनरासिकाे दाजुकाेनाममा स्मृति काेष खडा गर्नु भएकाे छ। अर्जुन बिककाे माईलाे दाजु सुर्य बि क २०५८ सालमा संथाकाे संथापक अध्यक्ष हुनुहुन्थ्यो सुर्य प्युठानि जन्ताकाे एक अबिस्मरणिय गहना साबित हुभएकाे भियाे।। स्वर्गीय सुर्य बि क काे गत २०७१ भाद्र २९ गते यात्राकाे क्रममा प्युठानबाट बुटबल जादा सालझन्डिमा अाफ्नै गाडिमा दुर्घटना हुदा मृत्यु भएकाे भियाे।सुर्यकाे दुई छाेरा एक छाेरि र श्रीमती हुनुहुन्छ उहाका अब एक दाजु र एक भाइ हनुहुन्छ।भाइ अर्जुन बिकले अाफ्नाे दाजुले गरेकाे सामाजिक कार्यले गर्दा अाफुपनि प्युठानि जन्तामाझ दाजुकाे नामले परिचित हुदा दाजुकाे अात्मले शान्ति पाअाेस भनी बाल ज्याेति प्राबि झिमरुक पाच कुटेडाडामा अाफ्नै गाउमा रहेकाे बिधालयमा दाजुकाे नाममा एक लाख रुपैया लागतकाे एककाेठे भबन निर्माण गरेका छन।

सम्बन्धित् समाचार