गृहपृष्ठ खबर गोरुसिंगेस्थित होटल मायाजमा म्याद नाघेका बस्तु खुलेआम बिक्री

गोरुसिंगेस्थित होटल मायाजमा म्याद नाघेका बस्तु खुलेआम बिक्री

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित होटल मायाजमा म्याद नाघेका पेय पदार्थ खुलेआम बिक्री गर्ने गरिएको भेटिएको छ । प्रशासन कार्यालयको अगुवाईमा गरिएको संयुक्त अनुगमनका क्रममा पिउने म्याद नाघेका कोक, फेन्टा, स्प्राईट, डाबर रियल जुस, सोडा लगायतका पेय पदार्थ समेत सो होटलमा बेच्ने गरिएको पाईएको हो ।

प्रशासन कार्यालयका सहायक प्रजिअ गणेश नेपालीको अगुवाईमा गरिएको बजार अनुगमन टोलीले बुधवार होटल मायाजमा सो म्याद गुर्जेका पेय पदार्थ फेला पारेको थियो । सहयाक प्रजिअ नेपालीले होटल मायोजबाट म्याद ग्र्जेका ढाई लिटरको स्प्राईट ६ थान, कोक ६ थान र फेन्टा एक थान फेला पारिएको बताए । यस्तै ढाई सय एमएलको कोक नौ थान, फेन्टा २२ थान स्प्राईट ६ थान र सोडा २९ थान तथा डाबरको एक लिटरको जुस थान २८ वटा फेला पारिएको छ ।

अनुगमन टोलीले फेला पारेका ती जुस जफत गरेको सहायक प्रजिअ नोपलीले बताए । बाणगंगा नगरपालिकामा रहेको कोकको डिलरको कोदाममा समेत तत्कालै अनुगमन गर्न ईलाका प्रशासन कार्यालय बाणगांलाई निर्देशन दिईएको नेपालीले बताए । कोकको गोरुसिंगेमा समेत डिलर छ । दशै तिहार लगायतका चाडबाडलाई लक्षित गरी मंगलावर देखि बजार अनुगमन सुरु गरिएको उनले बताए । मंगलार तौलिहवा बजार र बुधवार गोरुसिंगमा बजार अनुगमन गरिएको छ ।

अनुगमनकाक्रमा पसलहरुमा मुल्य सुची नरहेको , नाप तौल गर्ने काटा उचित नभएको ,सरसफाईमा कमी र म्याद नाघेका विभिन्न खाद्यन्न बस्तु भेटिनुका साथै मासु पसलमा खशी बोका काट्ने ठाँउ पाठी र बाख्रा देखिएक नेपालीले बताए । किराना पसल,मासु पसल ,मिठाई पसल तथा होटल र बेकरी पसलमा अनुगमन गरिएको थियो । मानव स्वास्थ्य महत्वपुर्ण भएकोले ब्यवसयीहरु ब्यापार गर्दा गुणस्तरमा ध्यान दिन सबै व्यापारीलाई सचेत गराउदै आगामी दिनमा नियम विपरित फेला परे कानुन बमोजिम कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । ‘ कमीकजोरी गरेका ब्यवसायीलाई एक पटककालासग सचेत गराएका छौ ’ उनले भने ‘ सुधार नगरे कारबाही गर्छौ ’ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय ,घरेलु उद्योग शाखा,तौहिलवा उद्योग वाणिज्य संघ, तौलिहवा चेक्बर अफ कमर्स ,नेपाल प्रहरी शसस्त्र प्रहरीको टोली लगायतको सहभागीता थियो । म्याद नघेका तथा बजार अनुगमनमा भेटिएको अखाद्यपदार्थहरु नष्ट गरिएको थियो ।

सम्बन्धित् समाचार