गृहपृष्ठ खबर कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका ४ मा ट्याक्टर दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । बुधबार साँझ ६ बजे ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा महाराजगं नगरपालिका वडा नं २ पडरियाका करिब २८ बर्षीय ट्याक्टर चालक सर्फुदिन मुसलमानको मृत्यु भएको हो ।

खरेन्द्रपुर महाराजगंज सडक खण्डमा लु ३ त ४८८ नं को ट्याक्टर अनियन्त्रित भई दुर्घाटना हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

ट्याक्टरले च्यापेको अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा सर्फुदिन मुसलमान ९चिन्नु० को मृत्यु भएको प्रहरी निरिक्षक खरेलले बताउनुभयो ।

 

सम्बन्धित् समाचार