गृहपृष्ठ खबर सुर्योदय क्लव बरवाले तेस्रो स्थापना दिवस मनायो ।

सुर्योदय क्लव बरवाले तेस्रो स्थापना दिवस मनायो ।

प्रकाशित मिति:

 

सुर्योदय क्लव बरवाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवा स्थित क्लवले आफ्नो तेस्रो स्थापना दिवस एक औपचारिक कार्यक्रम आयोजना गरि मनाएको हो । २०७४ सालमा स्थापित क्लवले छोटो समयावधिमा बालबालिका देखि युवा लक्षित कार्यक्रम गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नम्बर ११ वडाध्यक्ष सोमनाथ अर्यालले क्लवलाई स्थापना दिवसको बदाई तथा शुभकामना दिदैं अगामी दिनमा सशक्त योजनाका साथ कार्यक्रमलाई अझ प्रभाकारी ढङले अगाडी बढ्न सुझाव दिनु भएको थियो । अध्यक्ष अर्यालले क्लवलाई वडाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।

यस्तै सुर्योदय क्लवका अध्यक्ष झविन्द्र भुसालले क्लवलाई अझ उदाहरणीय बनाउनका निम्ति क्लवका सम्पूर्ण सदस्यहरुको संक्रिय सहभागिता रहनेमा आफु आशावादी रहेको बताउनुभयो । क्लवले दशैको उपलक्ष्यमा केही गर्ने योजनाका लागी परेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष झविन्द्र भुसालको अध्यक्षयता, वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्य ईमकला के.सी., सुर्याेदय मा.वि. बरवाका प्रधानध्यापक जगनाथ मरासिनी लगायतको अतिथ्यता रहेको कार्यक्रमको संचालन विनोद थापाले गर्नुभएको कार्यक्रम संयोजक केशव जैसीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार