गृहपृष्ठ खबर रुपन्देहीमा कोरोना संक्रमित वडासदस्यको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमित वडासदस्यको मृत्यु

प्रकाशित मिति:

रुपन्देही : कोरोना भाइरस संक्रमित रहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको छ।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए। केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएको थियो।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

 

सम्बन्धित् समाचार