गृहपृष्ठ खबर सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

प्रकाशित मिति:

दाङ : दाङमा सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका १५ निवासी शिक्षक रामकुमार रानालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। शिक्षिका लाइब्रेरीभित्र गएको बेला रामकुमारले आफ्नो गुप्ताङ्गमा कैची राखेर झिक्न लगाएको भिडयिो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्थानीय सिद्धार्थ बोर्डिङ्ग स्कुलमा कार्यरत ती शिक्षकले आफ्नै विद्यालयकी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो। शिक्षिकाको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान सुरु भएको एसपी गणेश चन्दले जानकारी दिए।

 

सम्बन्धित् समाचार