गृहपृष्ठ खबर वैखरी अनलाईनका सहसम्पादक घिमिरे हर्टविट एफ.एम.को स्टेशन म्यानेजरमा नियुक्त

वैखरी अनलाईनका सहसम्पादक घिमिरे हर्टविट एफ.एम.को स्टेशन म्यानेजरमा नियुक्त

प्रकाशित मिति:

चार नम्बर जीतपुर : वैखरी अनलाईनका सहसम्पादक हरि घिमिरे हर्टविट एफ.एम.९१.३ मेगाहर्जको स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । विगत केही महिनादेखि सहायक स्टेशन म्यानेजरको कार्यभार समाल्दै आउँनु भएका घिमिको कामलाई उच्च सम्मान गर्दै संचालक समितिले स्टेशन म्यानेजरको रुपमा नियुक्ति गरेको हो ।

म्याजिक ईन्टरटेन्मेन्ट मिडिया प्रा.लिद्धारा सञ्चालित हर्टविट एफ.एम. ९१.३ मेगाहर्ज सञ्चालक समितिको नियमित सम्पन्न बैठकमा नव नियुक्त स्टेशन म्यानेजर घिमिरेलाई बदाई तथा सफल कार्यकालको शुभकामना समेत दिईएको छ । नव नियुक्त स्टेशन म्यानेजर घिमिरेलाई वैखरी अनलाईनका प्रधान सम्पादक अशोक पौडेलले बदाई साथै सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

बैठकले संस्थालाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । त्यस्तै सञ्चालक समिति र कर्मचारी बिच परिचयात्मक तथा कर्मचारी सम्मान पनि गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को विषम परिस्थितीमा पनि एफ.एमको नियमित प्रसारण हुने सामग्रीहरुलाई निरन्तरता दिएको भन्दै टिका खादा सहित कर्मचारीहरुलाई सम्मान गरिएको हो । नव नियुक्त स्टेशन म्यानेजर घिमिरेले एफ.एमको आगामि वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थालाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै बैठकमा आगामि कार्ययोजनाका बारेमा पनि वृहत छलफल गरिएको हो । आचार संहिता भित्र रहेर आम सर्वसाधारणलाई सुशुचित पार्ने सञ्चारमाध्यम हरेक क्षेत्रमा संवेदनशिल हुनुपर्नेमा जोड दिईएको थियो । नव नियुक्त स्टेशन म्यानेजर घिमिरेले एफ.एमको आगामि वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थालाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार कृष्ण प्रसाद भट्राई, उपाध्यक्ष सुनिल कौशल, सचिव राम कान्त घिमिरे, कोषाध्यक्ष केशव सापकोटा, सदस्य सुष्मा खाँड, शान्तराज गैरे लगायत सम्पुर्ण पदाधीकारी तथा शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती, संस्थाका बरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको स्वागत मन्तब्य तथा महासचिव विष्णु प्रसाद अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार