गृहपृष्ठ खबर अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शितगंगाका पहिरो पिडितकालागि १ लाख ५५ हजार आर्थिक सहयोग

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शितगंगाका पहिरो पिडितकालागि १ लाख ५५ हजार आर्थिक सहयोग

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको शितगंगाका पहिरो पिडितकालागि विहिवार १५ लाख ४२ हजार १ सय ९१ कोरियन वन (१ लाख ५५ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

अविरल वर्षा पछि पहिरो जाँदा जिल्लाको शितगंगा नगरपालिकाका १२ वडाका ३० घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य १९ घर समेत विस्तापित भएका थिए ।

पिडित परिवारकालागि स्थानिय र प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको भएपनि थप सहयोग गर्ने उद्देश्यले मञ्चले कोरियाका नेपालीसँग सहयोगको अपिल गर्दै आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो । सोहि राहत संकलन अभियानबाट संकलित रकम शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीको रोहवरमा पिडितलाई हस्तान्तरण गरिएको अभियानका संयोजक तथा जिल्ला सम्पर्क मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिनुभएको छ ।

पिडितकालागि अति आवश्यक थोरै भएपनि आर्थिक राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरी रकम पठाईएको अर्का अभियान्ता तथा मञ्चका सल्लाहकार मिन पोख्रेलले बताउनु भयो ।
अभियानमा कोरियामा रहेका ८६ जना नेपालीले सहयोग गरेका थिए ।
अभियानमा सुन्दर पन्थी, मिन पोख्रेल र दिपक खनालले सक्रियतापुर्वक अर्थ संकलन गर्नुभएको थियो ।

 

सम्बन्धित् समाचार