गृहपृष्ठ खबर कपिलवस्तुमा छाडा चौपया व्यवस्थापन गर्न पहल, गिद्ध रेस्टुरेन्ट संचालन गरिने

कपिलवस्तुमा छाडा चौपया व्यवस्थापन गर्न पहल, गिद्ध रेस्टुरेन्ट संचालन गरिने

प्रकाशित मिति:

कपिलवस्तु : छाडा चौपाया व्यवस्थापनका लागि कपिलवस्तुको शिवराज नगरपालिका– ३ स्थित वन क्षेत्रमा गिद्ध रेस्टुरेन्ट संचालन गरिने भएको छ । नगरपालिकाको अर्घाखाची जिल्लासंग मिसा जोडिएको वन क्षेत्र भित्र बुढा गाईगोरु राख्न कान्जी हाउस समेत स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा छाडा गाईबस्तुको ब्यवस्थापनका लागि जिल्लाका पालिका प्रमुखहरुसंग भएको समन्वयात्मक बैठकमा सो निर्णय भएको हो ।

छाडा चौपयाहरुको संख्या दिनहु बढदै गएपछि कृषकहरु मर्कामा परको भन्ने गुनासो आएपछि स्थानीय तहको अगुवाईमा शिवराज नगरपालिकामा कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालन गर्ने निर्णय भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । ‘ कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालन भए पछि छाडा चौपायको समस्या केहीकद सम्म समाधान हुनेछ ’ उनले भने । कान्जी हाउसमा कपिलवस्तु, बुद्धभुमी र शिवराज नगरपालिकामा छाडा छाडिएका बुढाखाडा गाईबस्तुहरु राखिने छन ।

कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि सो ३ वटा नगरपालिकाले ५ लाखका दरले रकम उपलब्ध गराउने कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताए । सो रकम कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट ब्यवस्थापन समितिलाई दिईने उनले बताए । शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारीले आफनो पालिका भित्र वन क्षेत्रमा कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि पर्याप्त जग्गा रहेको बताए ।

उनले कान्जी हाउस र गिद्ध रेस्टुरेन्ट संचालनकालागि तयारी गरेको बताए । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले अब ३ वटा नगरपालिकाको छाडा चौपायाको समस्या समाधान हुने बताए । उता सुद्धोदन गाउपालिका– ३ मा निर्माणधानी रामजानकी अनाथ गौचालामा दुबै पालिकाका छाडा चौपाया राख्ने समेत बैठकमा निर्णय भएको छ । गौचाला संचालनकालागि दुबै पालिकाले संयुक्त लगानी गर्ने सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खाले बताए ।

उता बाणगंगा, कृष्णनगर र महाराजगंज नगरपालिका र यशोधरा र बिजयनगर गाउपालिकाले आ– आफनै तरिकाले छाडा चौपाय ब्यवस्थापन गर्ने जनाएका छन । यस्तै तौलिहवादेखि लवनी सम्म बिद्यतुको ३३ केभिए लाईनको राईट अफ बे भित्र पर्ने १० वटा घर समेत भत्काउने निर्णय भएको छ ।

सम्बन्धित् समाचार